LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेशवादी माओवादी नै भएको दाबी गर्नुभएको छ । अब सक्कली र नक्कली मधेशवादी छुट्याउने समय आएको बताउँदै प्रचण्डले माओवादी नै सक्कली मधेशवादी भएको दाबी गर्नुभयो ।

जनतासँग माओवादी, तराई मधेश जागरण अभियान अन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवासँगको अन्तर्कियामा प्रचण्डले मधेशवादी भनिएका दलहरूको गतिविधि जनतातिर वा मधेशको हिततर्फ नभएको आरोप लगाउनुभयो ।

माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको पनि उहाँको भनाइ छ । मधेशवादी दल बिस्तारै विघटनतर्फ हिँडेको र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न सक्ने स्थितिमा देखा नपरेको समेत प्रचण्डको दावी छ ।

माओवादी आन्दोलन र मधेशका शक्ति एकठाउँमा केन्द्रित नभए देश अस्थिरता, अराजकता र आर्थिक रूपमा एउटा भयानक दुश्चक्रमा फस्ने खतरा रहेको उहाँको भनाइ छ ।
जनयुद्धमा रामराजाप्रसाद सिंहको सहयोगको स्मरण गर्दै माओवादीले मधेश र मधेशीलाई सम्मान गर्न गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको उम्मेदवार रामराजाप्रसाद सिंहलाई बनाएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै माओवादीका वरिष्ठ उपाध्यक्ष नाराययणकाजी श्रेष्ठले वर्तमान सरकार निरकुंश बनेको आरोप लगाउँदै सामाजिक सञ्जाल विधेयक ल्याएर सरकारले बोल्न र लेख्न नदिने मनशाय राखेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय