LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेशवादी माओवादी नै भएको दाबी गर्नुभएको छ । अब सक्कली र नक्कली मधेशवादी छुट्याउने समय आएको बताउँदै प्रचण्डले माओवादी नै सक्कली मधेशवादी भएको दाबी गर्नुभयो ।

जनतासँग माओवादी, तराई मधेश जागरण अभियान अन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवासँगको अन्तर्कियामा प्रचण्डले मधेशवादी भनिएका दलहरूको गतिविधि जनतातिर वा मधेशको हिततर्फ नभएको आरोप लगाउनुभयो ।

माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको पनि उहाँको भनाइ छ । मधेशवादी दल बिस्तारै विघटनतर्फ हिँडेको र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न सक्ने स्थितिमा देखा नपरेको समेत प्रचण्डको दावी छ ।

माओवादी आन्दोलन र मधेशका शक्ति एकठाउँमा केन्द्रित नभए देश अस्थिरता, अराजकता र आर्थिक रूपमा एउटा भयानक दुश्चक्रमा फस्ने खतरा रहेको उहाँको भनाइ छ ।
जनयुद्धमा रामराजाप्रसाद सिंहको सहयोगको स्मरण गर्दै माओवादीले मधेश र मधेशीलाई सम्मान गर्न गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको उम्मेदवार रामराजाप्रसाद सिंहलाई बनाएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै माओवादीका वरिष्ठ उपाध्यक्ष नाराययणकाजी श्रेष्ठले वर्तमान सरकार निरकुंश बनेको आरोप लगाउँदै सामाजिक सञ्जाल विधेयक ल्याएर सरकारले बोल्न र लेख्न नदिने मनशाय राखेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय