LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यसहित ‘बुद्ध ज्ञान साइकल यात्रा’ भैरहवाबाट सुरु भएको छ ।

शुक्रबार भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटबाट नेपाल–भारतको झण्डा फहराएर साइकल यात्राको शुभारम्भ गरिएको हो ।

दुईदिने उक्त यात्राको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थनगर उद्योग वणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायतले शुभारम्भ गर्नुभएको हो ।

उक्त यात्राको लक्ष्य भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्विक बुद्धस्थलहरूको पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजक साइकल सिटी भैरहवाले जनाएको छ ।

‘बुद्ध ज्ञान साइकलयात्रा’ लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सूर्यकुमार सारुमगरले बताउनुभयो ।
साइकल यात्रामा सहभागिता जनाउन नेपाल, भारतलगायत विभिन्न स्थानबाट १३० साइकलयात्री बिहीबार भैरहवा आइपुगेका थिए ।

उनीहरूलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो । ती सबैजना शुक्रबारदेखि सुरु यात्रामा हिंडेका छन् । यात्रामा सबैभन्दा कम उमेरका बालक आठ वर्षीय किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षीया आस्वानी खरेल पनि सहभागी छन् । त्यसैगरी, ज्येष्ठ नागरिकमा भारत उत्तराखण्डका ७६ वर्षका कमलजित दिमन र ७१ वर्षीय बिस्हु दिमन दम्पत्ती पनि सहभागी हुनुहुन्छ ।

यात्रामा विश्व साइकलयात्री पुस्कर शाहसहित नेपाल, भारत र जर्मनका १३० साइकलयात्री सहभागी छन् । साईकल यात्राको टोली तीन जिल्लाका सम्पदाहरुको यात्रा गरी लुम्बिनी फर्किएपछि शनिबार समापन गरिने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय