LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यसहित ‘बुद्ध ज्ञान साइकल यात्रा’ भैरहवाबाट सुरु भएको छ ।

शुक्रबार भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटबाट नेपाल–भारतको झण्डा फहराएर साइकल यात्राको शुभारम्भ गरिएको हो ।

दुईदिने उक्त यात्राको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थनगर उद्योग वणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायतले शुभारम्भ गर्नुभएको हो ।

उक्त यात्राको लक्ष्य भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्विक बुद्धस्थलहरूको पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजक साइकल सिटी भैरहवाले जनाएको छ ।

‘बुद्ध ज्ञान साइकलयात्रा’ लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सूर्यकुमार सारुमगरले बताउनुभयो ।
साइकल यात्रामा सहभागिता जनाउन नेपाल, भारतलगायत विभिन्न स्थानबाट १३० साइकलयात्री बिहीबार भैरहवा आइपुगेका थिए ।

उनीहरूलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो । ती सबैजना शुक्रबारदेखि सुरु यात्रामा हिंडेका छन् । यात्रामा सबैभन्दा कम उमेरका बालक आठ वर्षीय किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षीया आस्वानी खरेल पनि सहभागी छन् । त्यसैगरी, ज्येष्ठ नागरिकमा भारत उत्तराखण्डका ७६ वर्षका कमलजित दिमन र ७१ वर्षीय बिस्हु दिमन दम्पत्ती पनि सहभागी हुनुहुन्छ ।

यात्रामा विश्व साइकलयात्री पुस्कर शाहसहित नेपाल, भारत र जर्मनका १३० साइकलयात्री सहभागी छन् । साईकल यात्राको टोली तीन जिल्लाका सम्पदाहरुको यात्रा गरी लुम्बिनी फर्किएपछि शनिबार समापन गरिने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय