LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

महाशिवरात्रिमा काठमाण्डौंको पशुपतिनाथ मन्दिरमा मेला भर्न आएका साधु सन्तहरुलाई शुक्रवार बाटो खर्चसहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित साधु सन्तहरुलाई बिदाइ गरेका हुन् ।

पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको छ । साधु सन्तहरुलाई शुक्रवार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।

साधु सन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ ।

वर्ग अनुसार दुई सयदेखि ९ हजारसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठप्रसाद रेग्मीले जानकारी दिनुभयो । परापूर्वकाल देखिनै महाशिवरात्री मेलामा आएका स्वदेशी तथा विदेशी साधु सन्तहरुलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । बिदाइका क्रममा कोषले साधु सन्तहरुलाई रुद्राक्षको माला समेत लगाई दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय