LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

महाशिवरात्रिमा काठमाण्डौंको पशुपतिनाथ मन्दिरमा मेला भर्न आएका साधु सन्तहरुलाई शुक्रवार बाटो खर्चसहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित साधु सन्तहरुलाई बिदाइ गरेका हुन् ।

पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको छ । साधु सन्तहरुलाई शुक्रवार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।

साधु सन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ ।

वर्ग अनुसार दुई सयदेखि ९ हजारसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठप्रसाद रेग्मीले जानकारी दिनुभयो । परापूर्वकाल देखिनै महाशिवरात्री मेलामा आएका स्वदेशी तथा विदेशी साधु सन्तहरुलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । बिदाइका क्रममा कोषले साधु सन्तहरुलाई रुद्राक्षको माला समेत लगाई दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय