LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका वडा नं. ८ रामापुरमा रहेको रामापुर रिभाईभल इङलिश बोर्डिङ स्कुलको इन्टरेक्ट क्लव अफ तिलोत्तमा र रामापुर रिभाईभल इङशिल बोर्डिङ स्कुलको संयुक्त आयोजनामा शुक्रबार मेगा फुड फेस्टिबल आयोजना गरिएको छ ।

त्यो संगै स्कुलले कक्षागत रुपमा विद्यार्थीहरुको नृत्य प्रतियोगिताका साथै स्पोर्टस सप्ताह अन्तरत प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थी भाई बहिनीहरुलाई मेडल र पुरस्कारबाट सम्मान समेत गरेको छ ।

रामापुर रिभाईभल इङलिश बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद शर्माले स्कुलले यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै स्कुलले दुई बर्षअघिदेखि नै हरेक शुक्रबारलाई ब्यागलेस क्रिएटीभ फ्राईडे बनाउन सुरु गरेको र यसबाट विद्यार्थीमा नयाँ उत्साह सिर्जना भएको उल्लेख गर्नुभयो ।

उहाँले विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विद्यालयको क्रियटिभ फ्राईडे कार्यक्रमले विद्यार्थीहरुमा उर्जा थपेको बताउँदै फुड फेस्टिबलमा विद्यार्थीहरुले आफैले बनाएका परिकार विक्री गरेर भोलीको दिनमा व्यवसायीक बन्न विद्यार्थीहरुलाई प्रेरणा मिल्ने विश्वास गरिएको बताउनुभयो ।

रामापुर रिभाईभल इङलिश बोर्डिङ स्कुल इन्टरेक्ट क्लवकी प्रोग्राम कोअर्डिनेटर स्नेहा घिमिरेले स्कुलमा हरेक बर्षजस्तै हुँदै आएको फुड फेस्टिभलको कार्यक्रम गरिएको बताउँदै क्लवले सिर्जनात्मक कार्यक्रम अन्तरगत भैलो लगायतका कार्यक्रम गर्दै आएको र पछिल्लोपटक विभिन्न सेवामूलक कार्यक्रम अन्तरगत शुक्रबारको कार्यक्रम सम्पन्न भएको जानकारी दिइन ।

त्यसैगरी इन्टरेक्ट क्लव अफ रामापुर रिभाईभल तिलोत्तमाको अध्यक्ष कृष शर्माले इन्टरेक्ट क्लव अफ रामापुर रिभाईभल तिलोत्तमाले विगतका बर्षहरुदेखि नै अत्यन्त सिकाई प्रभावकारी बनाउने कार्यक्रम गर्दै आएको उल्लेख गर्दै शुक्रबारको फुड फेस्टिबलमा विद्यार्थीहरुले खाना पकाउने प्रतिभा राम्रैसंगै प्रस्तुत गर्न सफल भएको बताए । उनले खानाका परिकार विद्यार्थी, विद्यालयका अभिभावक तथा स्कुल परिवारलाई विक्री गरेर विद्यार्थीहरुले पैसा आर्जन गर्न सफल भएको र त्यो पैसा सामाजिक काममा खर्च गर्ने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रमको अवसरमा स्कुलले आयोजना गरेको खेल सप्ताहको समापनका साथै सांस्कृतिक प्रदर्शन समेत आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक लगायत स्थानीय सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । फुड फेस्टिभलमा विद्यार्थीहरुले विभिन्न १० वटा परिकार पस्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय