गिता पराजुली ,
कबिता (मातृभुमि )
मेरो प्यारो मातृभुमि
मेरो प्यारो जन्मभुमि
सुन्दर शान्त अनि विशाल छ ।



जहा म जन्मीए
त्यहा मेरा पैतलाले
टेकेको जमिनको माटो
प्राण भन्दा पनि प्यारो छ ।
जब म आमाको कोखबाट जन्मीए
अनि बुबाको हातबाट ताते ताते गर्दै
हिडेको हिजो जस्तो लाग्छ त्यसैले त
मेरो प्यारो जन्मभुमि मलाई प्राण
भन्दा पनि प्यारो लाग्छ ।
जब मलाइ मन भरी पीडा र चोट हुदा
मेरी आमाले दिएको सुझाब र
सल्लाहको काहानी छ म सँग
त्यसैले त मेरो प्यारो मातृभुमिले
दिएको सस्कार प्राण भन्दा पनि प्यारो छ ।
बुबाले गरेको परिश्रमबाट मलाई
दुख के हो र सुख केहो छलर्ङन पार्ने
बुबाको महिमा गानको अथाह संघर्ष छ मेरो
प्यारो मातृभुमिमा त्यसैले त मलाई
प्राण भन्दा पनि प्यारो लाग्छ जन्मभुभि ।
मलाई जन्म दिने मेरी आमा अनि
कर्म दिने मेरो बुबाको अदभुत साहस
अनि मातृभुमिले दिएको स्वच्छ विचार छ
म सँग त्यसैले त भन्दै छु नि
मेरो प्यारो मातृभुमि प्राण भन्दा पनि प्यारो छ ।
मलाई विनाशको घरातल बाट
विकाशको चुचुरो सम्म अनि
विपन्नताको अध्यारो बाट सम्पनताको
उज्यालो तर्फ लौजाने मेरो मातृभुमि
प्राण भन्दा पनि प्यारो छ ।
मेरा पुर्खाले रोपेकोअनि बगाएको
पसिनाले कोरीएका सिमा रेखा हेरौ त
अजै उस्तै छ मेरो प्यारो जन्मभुमिमा
त्यसैले त प्राण भन्दा पनि प्यारो छ ।
मेरो प्यारो मातृभुमि ।
शान्तीका अग्रदुत गौतमबुधले दिएको
कृति अनि अनेकौ कला चित्र छ मेरो
प्यारो जन्मभुमिमा त्यसैले त प्राण भन्दा
पनि प्यारो छ मेरो प्यारो मातृभुमि
जब अङग्रेजले युदध गर्न खोज्दा मेरा
पुर्खाले लडेको लडाईको अभुत क्षमता छ
मेरो प्यारो जन्मभुमिमा त्यसैले त प्राण भन्दा
पनि प्यारो छ मेरो प्यारो मातृभुमि ।
हिमाल पहाड अनि तराईले बनेको
मेरो जन्मभुमिमा छङछङ गदै बग्ने
खोला अनि तालतलैयाको अविष्मरणीय
पल छ मेरो प्यारो मातृभुमिमा
जुन दिन म मेरो यात्रामा निस्कीए
त्यो दिन हिमाल पारिको डाडोमा हेर्दा
हिमाल मुस्काएको अविष्मरणीय
पल छ मेरो प्यारो मातृभुमिमा
त्यसैले त भन्दै छु नि मेरो प्यारो
मातृभुमि प्राण भन्दा पनि प्यारो छ ।
सत्य शिवम सुन्दरमको आत्मीए
सँग जोडिएको मेरो प्यारो मातृभुमि
ऋनेकै जात जाति र भाषा भाषि छ ्
मेरो प्यारो जन्मृभुमिमा त्यसैले त भन्दै छु
नि मेरो प्यारो मातृभुमि प्राण भन्दा पनि प्यारो छ ।




