LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित फुटवल रंगशालामा हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता आयोजक सैनामैना फुटवल क्लवका खेल संयोजक अशोक खडकाले फागुन १९ देखि २८ गतेसम्म सैनामैना रङ्गशालामा हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टिमलाई सात लाख र उपविजेतालाई चार लाख रुपियाँ पुरस्कारको व्यवस्था गरिएको खडकाले बताउनुभयो ।

प्रतियोगितामा डिजेङ्गी फुटबल क्लब सिक्किम भारत, गोरखा ब्वाइज फुटबल क्लब बुटवल, महावीर क्लब काठमाडौं, एपीएफ क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, कपिलवस्तु ११ कपिलवस्तु, अभिषेक चर्च नवलपुर, हनामी बिएफसी चितवन, फर्सटिकट युथ क्लब रूपन्देही र आयोजक मुर्गिया फुटवल क्लब गरि १० टिमको सहभागिता रहनेछ ।

रुपन्देहीलाई खेल क्षेत्रको हव बनाउन र राष्ट्रिय स्तरका युवा खेलाडी उत्पादन गर्न प्रतियोगिता सहयोगी बन्ने आयोजकको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न ६० लाख रुपियाँ खर्च लाग्ने प्रतियोगिताका आर्थिक संयोजक गोपाल खडकाले जानकारी दिनुभयो ।
प्रतियोगिताको उदघाटन खेल आयोजक मुर्गिया फुटवल क्लव र गोर्खा व्वाईज बुटवलबीच सोमबार दिउँसो हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय