LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको मायादेवी गाउँपालिका–२ मा एकजना युवकको गोली हानी हत्या भएको छ ।
मायादेवी–२ डञ्चहवाका २९ बर्षीय राकेश सिंह लोधको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

मृतक लाेंधको टाउकोमा गम्भीर चोट रहेको प्रहरी प्रमुख राठौरको भनाइ छ । प्रहरीले लोधको हत्या भएको हुने सक्ने जनाएको छ । प्रहरीका अनुसार लोधको आफ्नो दाईसंग अंशबण्डा लफडा रहेको थियो । स्थानीयले भने लोधलाई गोली गोली हानेर हत्या गरेको जनाएका छन् ।

२९ बर्षीय अविवाहित लोध घरमा एक्लै बस्दै आउनुभएको थियो । उहाँका बुबा आमा तथा दाजु भाई अन्यत्रै बस्दै आउनुभएको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरीका अनुसार घटना बिहान साढे ७ बजेतिरको हो । प्रहरीले बिहान ८ बजेतिर जानकारी पाएपछि घटनास्थल पुगेको जनाएको छ । प्रहरीले रगताम्य अवस्थामा लोधको शव फेला पारेको थियो ।

दाजुभाइबिच अंश मुद्दामा लफडा चलेपछि अंश विवादमा अदालतमा मुद्दा समेत चलेको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय