LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि आन्तरिक तयारी सुरु गरेको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट समन्वय गर्नेगरी प्रदेशगत रुपमा सात नेतालाई जिम्मेवारी दिइएको छ ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले स्ववियु निर्वाचनको मिति ५ चैतका लागि तोकेको छ । स्ववियु निर्वाचन नजिकिएसँगै पार्टीका नेताहरूलाई प्रदेशगत जिम्मेवारी दिइएको हो ।

सहमहामन्त्रीहरूमा भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, जीवन परियारलाई गण्डकी तोकिएको छ । साथै लुम्बिनीमा नेता चन्द्र भण्डारी, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई खटाइएको छ ।

पार्टी शीर्ष तहबाट महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी पाएका छन् । पार्टी केन्द्रीय कार्यालयबाट संयोजन गर्नेगरी केन्द्रीय सदस्य नानु बाँस्तोलालाई जिम्मेवारी दिइएको छ ।

महामन्त्री शर्मालाई पार्टीले यसअघि संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनको बेलामा समेत पार्टीले परिचालान समितिको संयोजक तोकेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय