LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजी आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री रुद्र प्रसाद पौडेलको अध्यक्षता कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षाको पुरस्कार तथा बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थी ,स्काउट, बाल क्लव र जुनियर रेडक्रसका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार , मेडल तथा अवार्ड वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा कुश्मा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुभाष पन्त, नमुना आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल इन्द्रमान खत्री, कुश्मा नगरपालिकाका पुर्व उप प्रमुख सिता काफ्ले लामिछाने, पर्वत प्याब्सनका अध्यक्ष बिमल पौडेल, प्याब्सन गण्डकी प्रदेशका उपाध्यक्ष बलराम शर्मा, पर्वत जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मतिलाल चपाई लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रकाश आचार्यले विद्यालयको प्रगति प्रतिवेदन र विद्यालय सञ्चालक समितिका अध्यक्ष रुद्र प्रसाद पौडेलले प्रतिवेदन सहित मन्तव्य दिनुभएको थियो।
विद्यालयका शिक्षक मिना खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका कोषाध्यक्ष तिलकराम शर्माले स्वागत र विद्यालय सञ्चालक समितिका उपाध्यक्ष इन्द्र कुमार बिकल्पले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो विभिन्न प्रतिभाहरु साथै बिज्ञान प्रर्दशनी समेत प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय