LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेदहरु हटाउनुपर्नेमा जोड दिएका छन् । उनले मतभेद हटाएर कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टीको रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको सोमबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उल्लेख गरे । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘हाम्राबीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छन्, कतिपय कुराहरु नमिलेका हुन सक्छन् । ती सबैकुरालाई आपसमा छलफल, मेलमिलाप, विश्वास र कुराकानी गरेर मतभेद हटाउनुपर्छ ।’ कांग्रेसलाई हिजो भन्दा अझ ठूलो पार्टी बनाउनुपर्ने उनको भनाइ छ।

उनले लोकतन्त्र/प्रजातन्त्रमा प्रतिपक्षी पार्टीको धैरै भूमिका हुने बताए । ‘हाम्रो देशमा लोकतन्त्र, प्रजातन्त्र छ, यो अत्यन्तै समावेशी, समानुपातिक र विपक्षी दलसहितको व्यवस्था बनेको छ, ’देउवाले भने ।

 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमको आयोजना तथा कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यमा सुरु भएको कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा आएका छन् । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुने खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय