LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत हासिल गर्न गाह्रो हुने भन्दै धेरै सिट जित्नेगरी लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले संविधान अनुसार एक्लै बहुमत हासिल गर्न गाह्रो हुने बताउनुभयो ।

प्रतिनिधि सभाका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सोमबार भैरहवामा उदघाटनपछि सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले भन्नुभयो–“संविधान अनुसार बहुमत ल्याउन सहज छैन, त्यसैले हामी एकतावद्ध भएर लाग्नुपर्छ ।”

उहाँले यसका लागि पार्टीभित्रका मतभेदहरु हटाउनुपर्नेमा जोड दिनुभयो । काँग्रेस सभापति देउवाले भन्नुभयो–“मतभेद हटाएर कांग्रेसलाई जीवन्त र भाइब्रेण्ट डेमोक्रेटिक पार्टीको रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ ।”
उहाँले कांग्रेसलाई जीवन्त र भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उल्लेख गर्नुभयो ।
सभापति देउवाले आपसी मतभेद र नमिलेका कुराहरुलाई मिलाएर विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
उहाँले ६÷६ महिनामा सरकार बदलिने अवस्था आएकाले अहिलेको सत्ता समीकरण बनेको बताउनुभयो । सभापति देउवाले अहिलेको सत्ता सहकार्यलाई एकताबद्ध बनाएर जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीको आतिथ्यमा सुरु भएको कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय