LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत हासिल गर्न गाह्रो हुने भन्दै धेरै सिट जित्नेगरी लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले संविधान अनुसार एक्लै बहुमत हासिल गर्न गाह्रो हुने बताउनुभयो ।

प्रतिनिधि सभाका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सोमबार भैरहवामा उदघाटनपछि सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले भन्नुभयो–“संविधान अनुसार बहुमत ल्याउन सहज छैन, त्यसैले हामी एकतावद्ध भएर लाग्नुपर्छ ।”

उहाँले यसका लागि पार्टीभित्रका मतभेदहरु हटाउनुपर्नेमा जोड दिनुभयो । काँग्रेस सभापति देउवाले भन्नुभयो–“मतभेद हटाएर कांग्रेसलाई जीवन्त र भाइब्रेण्ट डेमोक्रेटिक पार्टीको रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ ।”
उहाँले कांग्रेसलाई जीवन्त र भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उल्लेख गर्नुभयो ।
सभापति देउवाले आपसी मतभेद र नमिलेका कुराहरुलाई मिलाएर विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
उहाँले ६÷६ महिनामा सरकार बदलिने अवस्था आएकाले अहिलेको सत्ता समीकरण बनेको बताउनुभयो । सभापति देउवाले अहिलेको सत्ता सहकार्यलाई एकताबद्ध बनाएर जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीको आतिथ्यमा सुरु भएको कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय