LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसको बार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।

बार्षिकोत्सव कार्यक्रमको उदघाटन रुपन्देही क्षेत्र नंं ५ का संघीय सांसद बासुदेव घिमिरेले गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले विद्यार्थी संख्याको आधारमा आवश्यक भौतिक श्रोतको व्यवस्थापन, जनशक्ति व्यवस्थापन गर्ने दायित्व सरकारको भएको बताउनुभयो । उहाँले नयाँ शिक्षा ऐन बन्ने आशा पलाएको बताउनुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यदुलाल पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य स्ववियू सभापति मनोज बेल्बासेले गर्नुभएको थियो भने क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बार्षिकोत्सवको अवसरमा नेपाली कांग्रेसका सैनामैनाका सभापति रणबहादुर खनाल, अभिभावकतर्फबाट रामप्रसाद घिमिरे लगायतले बोल्नुभएको थियो ।

बार्षिकोत्सवका अवसरमा क्याम्पसमा बिषयगततर्फ उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने शिक्षकलाई सम्मान, विद्यार्थीहरुलाई सम्मान, खेल सप्ताहमा आयोजित विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय