LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उदघाटन खेलमा आयोजक मुर्गिया फुटवल क्लवले बिजयी सुरुवात गरेको छ । दोश्रो हाफको ४७ औं मिनेटमा मुर्गिया फुटवल क्लवका जर्सी नं. १८ का खेलाडी रोशन पहाडीले डि बक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसपछिको खेलमा गोर्खा व्याइज बुटवलले बराबरी गर्ने प्रयास गरेपनि सफल हुन सकेन ।
खेलको पूर्वाधमा मुर्गिया एफसी र गोर्खा व्याईज दुवै टिमले आकर्षक गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा रोकियो ।
भोली मंगलबारको खेल नेपाल पुलिस क्लव र रुपन्देहीको फर्साटिकर फुटवल क्लवबीच हुनेछ ।
त्यसअघि खेल प्रतियोगिताको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामै राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना हुनु गौरवको कुरा भएको बताउँदै खेलले सैनामैनाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको बताउनुभयो । उहाँले सैनामैनामा खेल पूर्वाधारको क्षेत्रमा धेरै काम सुरु गरेको बताउनुभयो ।

सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले कुनैपनि ठाउँको विकास गर्नका लागि स्थानीय श्रोत साधन र पहलकदमीले धेरै ठूलो काम गर्ने बताउँदै सैनामैनाका प्रत्येक वार्डमा स्टेडियम बनाएर खेलकुद क्षेत्रको विकाससंगै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यो स्टेडियमको निर्माण हुँदै गर्दा स्टेडियमले एउटा आकार दिन सफल भएको उल्लेख गर्दै सैनामैनाको खेल क्षेत्रमा यसले उत्साहको संचार गरेको उल्लेख गर्नुभयो । सैनामैनाबाट पनि अब्बल खेलाडी जन्माउन सकिन्छ र त्समा स्थानीय सरकारको ध्यान जानुपर्दछ भन्नुभयो ।

कार्यक्रममा नेकपा माओवादीका पोलिटव्यूरो सदस्य बसन्त श्रेष्ठ खेलले टुटेको मनलाई जोडने गरेको बताउँदै खेलकुदले नेपालले गौरव गर्ने खेलाडीको विकास र प्रवर्दन गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।
सैनामैना फुटवल क्लवका खेल संयोजक अशोक खडकाको अध्यक्षतामा भएको कार्यक्रममा एन्फा रुपन्दहीका अध्यक्ष लोक पुन, सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले बोल्दै सैनामैनामा सुरु भएको राष्ट्रियस्तरको प्रतियोगिताले सैनामैना खेल पर्यटनको हब बन्ने विश्वास गर्नुभयो । उदघाटन कार्यक्रममा स्वागत गर्दै क्लवका अध्यक्ष प्रविन भारीले सैनामैना गोल्डकपलाई सफल बनाउन सवैले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय