LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

 

 

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा विभागीय टोली नेपाल पुलिस र फर्साटिकर फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदै छ । सैनामैना(४ स्थित सैनमैना फुटबल रंगशाला मुर्गिमा दिउँसो २ बजेदेखि खेल हुनेछ ।

स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको उद्घाटन खेलमा आयोजकले गोर्खा ब्वाईज एफसीलाई पराजित गर्दै अघिल्लो चरण्मा प्रवेश गरेको छ । उसले १(० गोल अन्तरले गोर्खा ब्वाईजलाई पराजित गरेको थियो । सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले नगद ७ लाख पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्रापत गर्नेछ । यसैगरी उपविजेताले नगदर ४ लाख तथा अन्तिम चारमा पुग्ने अन्य २ समुहले समान ८० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतयोगितामा दुई विभागीय, एक भारतीय र आयोजकसहित १० टिमको सहभागिता रहेको खेल संयोजक अशोक खड्काले जानकारी दिए । प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोल कर्ता तथा उदयीमान खेलाडीले समान १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय