LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको फर्साटिकर युथ क्लव प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको क्वार्टर फाईनलमा प्रवेश गरेको छ । मंगलवार भएको खेलमा ए डिभिजनको नेपाल पुलिस क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै फर्साटिकर युथ क्लव क्वार्टर फाईनल प्रवेश गर्न सफल भएको हो ।
फर्साटिकर युथ क्लवका तर्फबाट दुवै गोल जर्सी नंं १३ का खेलाडी गणेश हमालले गरे । खेलको पूर्वाद्धको २२ औं मिनेटमा एक गोल गरेका उनले दोश्रो हाफको ६४ औं मिनेटमा अर्को गोल गरि टिमलाई क्वार्टर फाईनलमा पु¥याउन महत्वपूर्ण योगदान गरे ।
भोली बुधबारको खेल सशस्त्र प्रहरी एपीएफ काठमाण्डौं र अभिषेक चर्च व्वाईज नवलपुरबीच हुनेछ ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
अव फर्साटिकर युथ क्लवले कपिलवस्तु ११ संग क्वाटरफाईनल खेल्नेछ ।
फर्साटिकर क्लबका गणेश हमाल खेलको म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेको खेल संयोजक अशोक खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय