सैनामैना
। सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको नेपाल विद्यार्थी सघले आगामी चैत्र ५ मा हुन लागेको क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतीमा मौसम थापा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।



आगामी चैत्र ५ गते हुने स्ववियुको निर्वाचनमा सहिद नारायण पोखरेल क्याम्पसमा नेविसंघबाट सभापतिमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी क्याम्पस स्ववियु सभापति तथा नेविसंघका रुपन्देही जिल्ला सचिव मनोज बेलवासेले जानकारी दिनुभयो ।




