LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

अभिषेक चर्च नवलपुर रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा ए डिभिजनको एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै अभिषेक चर्च नवपुर सेमीफाईनल प्रवेश गरेको हो ।

अभिषेक चर्चका तर्फबाट खेलको पहिलो हाफ सुरु भएको दुई मिनेटमै जर्सी नम्बर ७ का सुजित बुढाथोकीले पहिलो गोल गरी टिमलाई अग्रता दिलाए ।
खेल सुरु भएको पहिलो हाफमै एक गोल खाएको विभागीय टोली एपीएफ खेलमा आक्रामक खेल खेल्दै पहिलो हाफको ११ औं मिनेटमै एपीएफका तर्फबाट जर्सी नम्बर ७७ का खेलाडी भरत कपालीले गोल गर्दै टिमलाई बराबरी गर्न सफल भए ।

पहिलो हाफ बराबरीमा रोकिएको दुवै टिमका लागि गोलका धेरै प्रयास खेर गए । त्यसक्रममा विभागीय टोली एपीएफलाई अभिषेक चर्चले दवावमा राख्न सफल भएको थियो । दुवै टोलीबाट कैयौपटक भएका आक्रामक प्रयास गोलमा परिणत हुन सकेनन् ।
खेलको दोश्रो हाफमा सुरुदेखि नै खेललाई आक्रामक बनाएको अभिषेक चर्चले दोश्रो हाफको ४६ औं मिनेटमा जर्सी नम्बर ९ का शक्ति गुरुङले एक गोल गरि टिमलाई २–१ गोल अन्तरले जीत दिलाउन सफल भए ।


दोश्रो हाफको सुरुदेखि नै २–१ को दवावमा खेल्न बाध्य भएको एपीएफले गोलमा फर्कने थुप्रै अवसर प्राप्त गरेपनि टिमलाई बराबरी वनाउन सफल भएन ।
अन्ततः खेल २–१ को अन्तरमा अभिषेक चर्च नवलपुरले जित्यो । बुधबारको खेलमा म्यान अफ दि म्याच अभिषेक चर्चका सुजित बुढाथोकी भए ।
खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

खेल संयोजक अशोक खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय