LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अभिषेक चर्च नवलपुर रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा ए डिभिजनको एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै अभिषेक चर्च नवपुर सेमीफाईनल प्रवेश गरेको हो ।

अभिषेक चर्चका तर्फबाट खेलको पहिलो हाफ सुरु भएको दुई मिनेटमै जर्सी नम्बर ७ का सुजित बुढाथोकीले पहिलो गोल गरी टिमलाई अग्रता दिलाए ।
खेल सुरु भएको पहिलो हाफमै एक गोल खाएको विभागीय टोली एपीएफ खेलमा आक्रामक खेल खेल्दै पहिलो हाफको ११ औं मिनेटमै एपीएफका तर्फबाट जर्सी नम्बर ७७ का खेलाडी भरत कपालीले गोल गर्दै टिमलाई बराबरी गर्न सफल भए ।

पहिलो हाफ बराबरीमा रोकिएको दुवै टिमका लागि गोलका धेरै प्रयास खेर गए । त्यसक्रममा विभागीय टोली एपीएफलाई अभिषेक चर्चले दवावमा राख्न सफल भएको थियो । दुवै टोलीबाट कैयौपटक भएका आक्रामक प्रयास गोलमा परिणत हुन सकेनन् ।
खेलको दोश्रो हाफमा सुरुदेखि नै खेललाई आक्रामक बनाएको अभिषेक चर्चले दोश्रो हाफको ४६ औं मिनेटमा जर्सी नम्बर ९ का शक्ति गुरुङले एक गोल गरि टिमलाई २–१ गोल अन्तरले जीत दिलाउन सफल भए ।


दोश्रो हाफको सुरुदेखि नै २–१ को दवावमा खेल्न बाध्य भएको एपीएफले गोलमा फर्कने थुप्रै अवसर प्राप्त गरेपनि टिमलाई बराबरी वनाउन सफल भएन ।
अन्ततः खेल २–१ को अन्तरमा अभिषेक चर्च नवलपुरले जित्यो । बुधबारको खेलमा म्यान अफ दि म्याच अभिषेक चर्चका सुजित बुढाथोकी भए ।
खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

खेल संयोजक अशोक खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय