LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

महाबीर क्लव काठमाण्डौं रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।

सैनामैना फुटवल क्लवको आयोजनामा भैरहेको यो खेल अन्तरगत विहिबार भएको खेलमा हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै महाबीर क्लव सेमीफाईनल प्रवेश गरेको हो ।

महाबीरका तर्फबाट पहिलो र दोश्रो हाफमा भएको दुई गोल महाबीरका जर्सी नंं १७ का खेलाडी सुरज चौधरीले गरेका थिए । उनी विहिवारको खेलको म्यान अफ दि म्याच घोषित भए ।
खेलको पहिलो र दोश्रो हाफमा सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा लिएको महाबीरले एक दर्जन बढी अवसरलाई गोल गर्नबाट चुक्यो ।

उता हनामी बिएफसीको तर्फबाट दुईवटा राम्रा अवसर खेलाडीको मिस पासको कारण गोल पोष्ट चुम्नबाट चुक्यो । खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटवल क्लव र भारतको सिक्कीम क्लवबीच हुनेछ ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय