LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो चैत १९ देखि रातको समयमा पनि बन्द नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीनवटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिन लागेपछि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भयो ।

धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम शुरु गर्नुअघि विमानस्थल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
यसअघि राति १२ बजेदेखि ३ बजेसम्म उडान गर्दै आएका कतार एअरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमका उडान राति १२ बजेपहिले नै गराएर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानस्थलको धावनमार्गको बिच भागदेखि ७५ मिटरभित्रको काम गर्न उडान बन्द गर्नुपर्ने नियम अनुसार अहिले विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको छ । विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सहज हुनुका साथै हवाई ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय