LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो चैत १९ देखि रातको समयमा पनि बन्द नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीनवटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिन लागेपछि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भयो ।

धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम शुरु गर्नुअघि विमानस्थल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
यसअघि राति १२ बजेदेखि ३ बजेसम्म उडान गर्दै आएका कतार एअरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमका उडान राति १२ बजेपहिले नै गराएर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानस्थलको धावनमार्गको बिच भागदेखि ७५ मिटरभित्रको काम गर्न उडान बन्द गर्नुपर्ने नियम अनुसार अहिले विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको छ । विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सहज हुनुका साथै हवाई ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय