LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना, फागुन २३ । आयोजक मुर्गिया फुटवल क्लव सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
मुर्गिया फुटवल क्लवको आयोजनामा भैरहेको खेल अन्तरगत शुक्रबार भएको खेलमा भारत सिक्कीमको डोङग्री फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक मुर्गिया फुटवल क्लव सेमीफाईनलमा प्रवेश गरेको हो ।

मुर्गिया फुटवल क्लवले पहिलो र दोश्रो हाफमा एक दर्जन बढी पोष्ट आक्रमण गरेको थियो । पहिलो हाफको १० मिनेटमै सैनामैना फुटवल क्लवका खेलाडीले प्रहार गरेको सुट पोष्टमा लागेर बाहिरियो । त्यसैगरी डि एरियाबाट कैयौपटक पाएका पोष्ट आक्रमण सैनामैना फुटवल क्लवका खेलाडीले गोलमा परिणत गर्न सकेन ।

दोश्रो हाफमा पनि त्यही अवस्था दोहोरियो । आयोजक क्लवको धेरै राम्रा अवसर र प्रयास गोलमा परिणत हुन सकेन । भारतको डोङ्ग्री फुटवल क्लव सिक्कीम दवावमा खेल्न बाध्य भएको थियो । अन्ततः खेल सकिन ६ मिनेट बाँकी हँुदा कठिन संघर्षका बीच मुर्गिया एफसीले पाएका फ्रि किकलाई जर्सी नंं ८ का खेलाडी एरोन थापाले जाली चुमाउन सफल भए ।

उनी शुक्रबारको खेलको म्यान अफ दि म्याच घोषित भए । खेलको पहिलो र दोश्रो हाफमा सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा लिएको आयोजकका लागि पेनाल्टीमा जाने अवस्था घातक हुन सक्थ्यो तर अन्तिम समयमा एक गोल गरि आयोजक मुर्गिया फुटवल क्लवले सेमीफाईनलको यात्रा तय गरेको छ । खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
भोली शनिवारको खेल कपिलवस्तु ११ र फर्साटिकर युथ फुटवल क्लवबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय