LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तु ११ सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।

सैनामैना फुटवल क्लवको आयोजनामा शनिवार मुर्गिया रंगशालामा भएको अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लवलाई ३–० को अन्तरले पराजित गर्दै कपिलवस्तु ११ सेमीफाईनलमा प्रवेश गरेको हो ।

कपिलवस्तु ११ का लागि तीनवटै गोल दोश्रो हाफमा भएको थियो । दोश्रो हाफको ५० औं मिनेटमा कपिलबस्तु ११ का लागि जर्सी नं. १० का खेलाडी मोहम्मद इन्ड्रिजले पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यसैगरि कपिलवस्तु ११ का लागि खेलको ७४ औं मिनेटमा जर्सी नंं ५ का खेलाडी विज्ञान गुरुङले एक गोल गरी खेललाई २–० को अन्तरमा पु¥याए ।

दोश्रो गोल भएको ८ मिनेटमै कपिलवस्तु ११ का लागि जर्सी नं. १० का खेलाडी मोहम्मद इन्ड्रिजले एक गोल गरि टिमलाई ३–० को अन्तरले जीत दिलाउन सफल भए । उनले शनिवारको खेलमा व्यक्तिगत दुई गोल गरी शनिवारको म्यान अफ दि म्याचको पुरस्कार पाउन सफल भए ।
आईतबारको पहिलो सेमीफाईनल खेल आयोजक मुर्गिया फुटवल क्लव र अभिषेक चर्च नवलपुर रजहरबीच हुने छ ।

खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय