LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

कपिलवस्तु ११ सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।

सैनामैना फुटवल क्लवको आयोजनामा शनिवार मुर्गिया रंगशालामा भएको अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लवलाई ३–० को अन्तरले पराजित गर्दै कपिलवस्तु ११ सेमीफाईनलमा प्रवेश गरेको हो ।

कपिलवस्तु ११ का लागि तीनवटै गोल दोश्रो हाफमा भएको थियो । दोश्रो हाफको ५० औं मिनेटमा कपिलबस्तु ११ का लागि जर्सी नं. १० का खेलाडी मोहम्मद इन्ड्रिजले पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यसैगरि कपिलवस्तु ११ का लागि खेलको ७४ औं मिनेटमा जर्सी नंं ५ का खेलाडी विज्ञान गुरुङले एक गोल गरी खेललाई २–० को अन्तरमा पु¥याए ।

दोश्रो गोल भएको ८ मिनेटमै कपिलवस्तु ११ का लागि जर्सी नं. १० का खेलाडी मोहम्मद इन्ड्रिजले एक गोल गरि टिमलाई ३–० को अन्तरले जीत दिलाउन सफल भए । उनले शनिवारको खेलमा व्यक्तिगत दुई गोल गरी शनिवारको म्यान अफ दि म्याचको पुरस्कार पाउन सफल भए ।
आईतबारको पहिलो सेमीफाईनल खेल आयोजक मुर्गिया फुटवल क्लव र अभिषेक चर्च नवलपुर रजहरबीच हुने छ ।

खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय