LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

काठमाण्डौ। पुर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका नाममा राजबादीहरुको सक्रियता बढेपछि स्थानीय प्रशासनले आइतबार काठमाडौंको सुरक्षा व्यवस्थाका चुस्त बनाउने भन्दै थप प्रहरी परिचालन गरेको छ।

आज अपरान्ह ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने र  उनको स्वागतमा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने तयारीपछि काठमाडौंमा सुरक्षाकर्मीलाई हाइ अलर्ट मा राखिएको बताईएको छ।

can

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले अरू सामान्य अवस्थाभन्दा बढी संख्यामा नेपाल प्रहरीका कर्मचारी खटाइएको जानकारी दिए।

काठमाण्डौको सुरक्षा ब्यवस्थाका लागि प्रहरी सधै क्रियाशिल छ अहिले केही अवांक्षित गतिविधी देखिएकोले सुरक्षा ब्यवस्था चुस्त बनाउन थप प्रहरी परिचालन गरिएको हो उनले भने। काठमाडौं परिसरसँगै उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट पनि प्रहरी कर्मचारी खटाइएको उनले बताए।

काठमाण्डौ प्रहरीका अनुसार आज ११ बजे पछि प्रहरी कर्मचारीमात्रै ११३४ जना खटाइएको छ, प्रदर्शनका अवाञ्छित गतिविधि नहोस् भन्नका लागि अरू दिनभन्दा बढी कर्मचारी खटाइएको छ, उनले भने।

साथै आवश्यकता अनुसार वाटर क्यानन, प्रहरीको गाडी, एम्बुलेन्स परिचालन गरिएको एसएसपी खनालले जानकारी दिए। प्रहरीसँगै आइतबार सशस्त्र प्रहरी, अनुसन्धान विभागका कर्मचारीहरू पनि खटिएका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबारका लागि आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। विशेषगरी रूटमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ। सँगै भिडभाड, हुलहुज्जत हुनसक्ने स्थानहरूमा सोही अनुसार व्यवस्था गरिएको छ, उनले भने।सुरक्षामा सबै उपायहरू अबलम्बन गरेर आइतबार काठमाडौंमा हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाइने उनले बताए। ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकालिँदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय