LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पोखरालाई काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक तीव्र गतिमा चार लेनमा विस्तार भइरहेको छ । पोखरादेखि जामुनेसम्म र जामुनेदेखि मुग्लिनसम्मको सडक दुई खण्डमा विभाजन गरेर चार लेनमा विस्तार भइरहेको हो । सहरी क्षेत्रमा भने ६ लेन बनिरहेको छ ।

सम्झौता भएको सुरूआती दुई वर्ष ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा विस्तारले गति लिएको थिएन । आगामी असारदेखि भने यात्रुले हिलो र धूलो खेप्नु नपर्ने सडक विस्तार आयोजनाका अधिकारीहरू बताउँछन् ।
आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेका अनुसार असारसम्म जामुने–मुग्लिन सडक विस्तारको काम सकिनेछ । त्यस्तै जामुने–पोखरा एकतर्फी कालोपत्र गरेर सकिनेछ ।

अहिलेकै गतिमा काम भए आगामी मध्य पुससम्म पश्चिम खण्डको काम पनि सकिने सो खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले बताउनुभयो । २०२१ सालेखि बनाउन सुरू गरिएको पृथ्वी राजमार्ग २०३० सालमा बनिसकेको थियो । त्यति बेला चिनियाँ सहयोगमा बनेको सडक दुई लेनको थियो ।
पचास वर्षपछि अहिले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा यो सडक चार लेन बनाउन लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय