LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

अभिषेक चर्च रजहर नवलपुरको टिम सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

मुर्गिया फुटवल क्लवको आयोजनामा आईतबार मुर्गिया रंगशालामा भएको पहिलो सेमीफाईनल खेलमा आयोजक मुर्गिया फुटवल क्लवलाई २–० गोलले पराजित गर्दै अभिषेक चर्च रजहर फाईनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ बराबरी खेलका दुवै टिमले दोश्रो हाफमा भने अभिषेक चर्चले पोष्ट आक्रमण गर्दै गोल गर्ने अवसर धेरै पाएको थियो ।

चारजना विदेशी खेलाडी मैदानमा उतारेको अभिषेक चर्चको रक्षापंक्ति बलियो हुँदा आयोजक मुर्गिया फुटवल क्लवले केही पोष्ट आक्रमणको अवसर पाएपनि गोलमा परिणत हुन सकेनन् ।

अभिषेक चर्चका लागि दुवै निर्णायक गोल जर्सी नं. ९ का खेलाडी मार्टिन्सले गरे । उनी आईतबारको म्यान अफ दि म्याच घोषित भए । सोमबारको दोश्रो सेमीफाईनल खेल महाबीर क्लव काठमाण्डौं र कपिलवस्तु ११ बीच हुनेछ ।
खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।


प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय