LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघबाट नेतृत्वको खोजी गरिएको छ । बुटवलमा बुटवल उद्योग वाणिज्य संघ र झापाको दमक उद्योग वाणिज्य संघविच भेटघाट तथा छलफल भएको छ । संघको संस्थागत भ्रमणमा आएको दमक उद्योग वाणिज्य संघको टोलीलाई बुटवल उद्योग वाणिज्य संघमा स्वागत गर्नुको साथै दुई संघ बिच छलफल भएको हो ।

छलफलमा दुबै संघले महासंघमा जिल्ला नगरबाट नेतृत्व खोजी गरेका छन् । उनीहरुले जिल्ला नगर उद्योग वाणिज्य संघहरु एक ठाउँमा हुने हो भने महासंघको नेतृत्व जिल्ला नगरको हातमा आउन कुनै समस्या नहुने विचार व्यक्त गरेका छन् । दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले संस्थागत रुपमा हुने भ्रमणले एक आपसमा सिकाई आदान प्रदान र संस्थागत सम्बन्ध विकासमा मद्धत पुग्ने बताउनु भयो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले महासंघले उद्योगी व्यवसायिका समस्या समाधानका लागि पहल गरिरहेको बताउँदै नेपाल ग्रे लिष्टमा परेको र यसलाई सुधार गर्न नसके व्लाक लिष्टमा पर्ने र त्यसले झनै समस्या हुने भनाई राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय