LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तु ११ सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
मुर्गिया फुटवल क्लवको आयोजनामा सोमबार मुर्गिया रंगशालामा भएको दोश्रो सेमीफाईनल खेलमा महाबीर क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ फाईनलमा प्रवेश गरेको हो ।
पहिलो र दोश्रो हाफ बराबरी खेलका दुवै टिम अन्ततः पेनाल्टी सुट आउटमा पुगेका थिए । पेनाल्टीमा महाबीरका जर्सी नम्बर ७ का खेलाडी अरुन चौधरीले प्रहार गरेको पेनाल्टी पोष्टभन्दा बाहिर गएपछि कपिलवस्तु ११ लाई फाईनल पुग्ने बाटो खुलेको हो ।
अव बुधबार हुने फाईनल खेल कपिलवस्तु ११ र अभिषेक चर्च रजहर नवलपुरबीच हुनेछ ।
सोमबारको खेलमा म्यान अफ दि म्याच कपिलवस्तु ११ का जर्सी नम्बर १४ का खेलाडी निमबहादुर मिदुङ भएका छन ।
आजको म्याचमा दुवै टोलीले विदेशी खेलाडी मैदान उतारेका थिए । दुवै टिमले गोलका थुप्रै अवसर पाएपनि जाली चुमाउन नसक्दा खेल पेनाल्टीमा पुगेको हो ।
खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय