LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

कपिलवस्तु ११ सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
मुर्गिया फुटवल क्लवको आयोजनामा सोमबार मुर्गिया रंगशालामा भएको दोश्रो सेमीफाईनल खेलमा महाबीर क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ फाईनलमा प्रवेश गरेको हो ।
पहिलो र दोश्रो हाफ बराबरी खेलका दुवै टिम अन्ततः पेनाल्टी सुट आउटमा पुगेका थिए । पेनाल्टीमा महाबीरका जर्सी नम्बर ७ का खेलाडी अरुन चौधरीले प्रहार गरेको पेनाल्टी पोष्टभन्दा बाहिर गएपछि कपिलवस्तु ११ लाई फाईनल पुग्ने बाटो खुलेको हो ।
अव बुधबार हुने फाईनल खेल कपिलवस्तु ११ र अभिषेक चर्च रजहर नवलपुरबीच हुनेछ ।
सोमबारको खेलमा म्यान अफ दि म्याच कपिलवस्तु ११ का जर्सी नम्बर १४ का खेलाडी निमबहादुर मिदुङ भएका छन ।
आजको म्याचमा दुवै टोलीले विदेशी खेलाडी मैदान उतारेका थिए । दुवै टिमले गोलका थुप्रै अवसर पाएपनि जाली चुमाउन नसक्दा खेल पेनाल्टीमा पुगेको हो ।
खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय