LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् । तीन ब्याटरको अर्धशतकमा मधेशले कोशी प्रदेशमाथि सहज जित निकाल्यो ।
मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २ सय ८४ रनको बलियो योगफल खडा गर्यो । मधेशका लागि पवन सर्राफले ८५ बल खेलेर ९२ रन जोडे ।

२ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट भयो । कोशीका लागि शकिब हकले २५ रन बनाए । कोशीका ओपनरद्वय चिराग साह र अंकित सुवेदी दुवै डकआउट भएका थिए । बलिङमा मधेशका रुपेश सिंहले ९ ओभरमा २९ रन खर्चिएर ५ विकेट लिए ।

यस्तै, राजेश यादवले ३ विकेट हात पारे । पवन सर्राफ प्लेयर अफ द म्याच बने । जारी प्रतियोगितामा कोशीको यो लगातार दोस्रो हार हो भने मधेशको पहिलो जित हो । यता दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ ।
गण्डकीले जितका लागि पाएको जम्मा ९२ रनको सामान्य लक्ष्य २९ ओभर १ बलमा ६ विकेट गुमाउँदै ९५ रन बनाई पूरा गरी जित हात पार्यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय