LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

मुर्गिया फुटवल क्लवको आयोजनामा मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको फाईनल खेल बुधबार हुँदैछ ।

बुधबारको फाईनल खेल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुने खेल संयोजक अशोक खडकाले जानकारी दिनुभयो
क्लवका अनुसार बुधबारको फाईनल खेल सहितको समापन कार्यक्रम दिउँसो एक बजेदेखि मुर्गिया रंगशालामा हुनेछ ।
यसैबीच खेल प्रतियोगिताको ट्रफी मंगलवार सार्वजनिक गरिएको छ ।
बुधबारको फाईनल खेल कपिलवस्तु ११ र अभिषेक चर्च रजहर नवलपुरबीच हुनेछ । कपिलवस्तु ११ ले महाबीर क्लब काठमाण्डौं र अभिषेक चर्च रजहर नवलपुरले आयोजक मुर्गिया फुटवल क्लवलाई पराजित गरि फाईनलमा प्रवेश गरेका हुन ।
१० टिमले भाग लिएको खेल प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय