LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयले मंगलवार एक समारोहका बीच एसइई दिने परिक्षार्थीहरुलाई विदाई गरेको छ ।

पर्रोहा माध्यमिक विद्यालयबाट यो बर्ष १ सय ४१ जना परिक्षार्थीले यो बर्ष एसइई परिक्षा दिदैछन ।
विद्यालयका प्रधानाध्यापक बलवहादुर केसीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सैनामैना ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले विद्यार्थीहरुको सफलताको शुभकामना दिदै उत्कृष्ट नतिजा ल्याएर विद्यालय र आफ्नो परिवारको नाम राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहायक प्रधानाध्यापक हरिप्रसाद भट्टराई र शिक्षक ईश्वरप्रसाद काफ्लेले समेत विद्यार्थीहरुको उत्कृष्ट नतिजाको लागि शुभकामना दिदै मेहनत गरि अध्ययन गरेर नतिजा निकाल्न आग्रह गर्नुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी विनिता ठाकुर लगायतका विद्यार्थीहरुले एसईई परिक्षा दिन आफूहरुले राम्रो तयारी गरेको र उत्कृष्ट नतिजा ल्याउने अपेक्षा राखेको बताएका थिए । विद्यालयका शिक्षक अंग्रेजी माध्यमका संयोजक धनबहादुर रानाले संचालन गर्नुभएको विदाई कार्यक्रममा विद्यार्थीहरुलाई खादा लगाएर मायाको चिनो दिएर विदाई गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय