LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ। पूर्व विद्यार्थीलाई आफैंले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार, हालसम्म करिब एक करोड रुपियाँ बराबरको स्रोत सङ्कलन भइसकेको छ भने सात हजार पाँच सय भन्दा बढी पूर्व विद्यार्थी अभियानमा संलग्न भएका छन्।

गत फागुन ९ गते मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको शुभारम्भ गर्नुभएको थियो। सामाजिक विकास मन्त्रालयले प्रदेशका सम्पूर्ण विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीको ज्ञान, सीप, र लगानीलाई प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो।

१७ वटा विद्यालयबाट एकैसाथ अभियान प्रारम्भ गरिएको थियो।
मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयप्रति अझै विश्वास र भरोसा बढाउनु आवश्यक भएकाले अभियान थालिएको र अहिले प्रभावकारी हुँदै गएको बताउनुभयो ।
सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले अभियानले अनावश्यक खर्च रोक्न र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न मद्दत गर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय