LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

पुरानो फागु संस्कृति लोप हुँदै गएको भन्दै थारु कल्याणकारी सभा सैनामैना रुपन्देहीले विहिवारदेखि तिन दिने फगुवा मिलन कार्यक्रम सुरु गरेको छ ।

तराईमा शुक्रबार होली मनाउने कार्यक्रम छ तर थारु कल्याणकारी सभाले विहिवारदेखि नै तिनसम्म फागु गीत र संस्कृति संरक्षण गर्दै फगुवा मिलन कार्यक्रम सुरु गरेको हो ।
फगुवा मिलन कार्यक्रमको शुभारम्भका अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले थारु समुदायले हरेक बर्ष थारु समुदायको फगुवा पर्व संस्कृृृति संरक्षणकै रुपमा मनाउँदै आएको स्मरण गर्दै आफ्नो संस्कृति संरक्षण गर्नु थारु समुदायको मौलिकता भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य बसन्त श्रेष्ठले थारु समुदायले बर्षौदेखि पुरानो गीत गाएर होली खेल्दै आएको बताउँदै पुरानो संस्कृति संरक्षण गर्न थालिएको अभियानको प्रशंसा गर्नुभयो ।

यसैबीच थारु कल्याणकारी सभा सैनामैनाले थारु गाउँहरुमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारु फागु गीतप्रति अभिरुची जगाउन प्रेरणा दिने गरि तीन दिन होली मनाउन लागिएको जनाएको छ ।
थारु कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलवहादुर थारुले थारु भाषाका फागु गीत र संस्कृति लोप हुन लागेपछि आफूहरुले तिन दिने अभियान सुरु गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय