LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

 

कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीका शोभाखर न्यौपाने (बाबुराम) ले एक दशकभन्दा बढी काठमाडौँमा बसेर होटल व्यवसाय गर्नुभयो । कालीगण्डकी कोरिडोर खुलेपछि उहाँले अब गाउँमै गएर होटल चलाउनु पर्छ भनेर कोरिडोरसँगै जोडिएको स्थानमा जग्गा खरिद गरी दुई करोड रुपियाँभन्दा बढीको लागतमा सुविधासम्पन्न पन्चासे होटल एन्ड लज सञ्चालन गर्नुभयो । अहिले उहाँको होटल एन्ड लज आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्ने गरेको छ ।

पोखरा आएका पर्यटक कोरिडोर हुँदै बागलुङ, पर्वतको कुस्मा, मुक्तिनाथ र चीनको कोरला नाकासम्म पुग्छन् । यी ठाउँ विदेशी पर्यटकको पनि रोजाइमा पर्छन् । पन्चासेमा खाना खाने र रमाउने पर्यटकका कारण यहाँको व्यापार राम्रो छ । पर्यटकलाई लोकल कुखुरा, माछा र स्थानीय परिकार मन पर्ने भएकाले सोही अनुसारका परिकार आफूले बनाउने गरेको उहाँको भनाइ छ ।

कोरिडोरको बाटो खुलेपछि उहाँको व्यवसाय पनि राम्रो चलेको छ । कोरिडोरको बाटो कालोपत्रे हुँदै गरेकाले व्यवसाय अझ राम्रो हुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । कोरिडोर खुलेपछि यस क्षेत्रको मुहारै परिवर्तन भएको वडा नम्बर १ हर्मिचौरमा ओम शिलाजी ग्यारेज सञ्चालन गर्दै आउनुभएका चतुर्भुज पाण्डेले बताउनुभयो ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरका विष्णु पाण्डे कोरिडोरको बाटोले गर्दा धेरै सहज भएको बताउनुहुन्छ ।
व्यावसायिक रूपमा गाईपालनका साथै चिया, नास्ता पसल सञ्चालन गर्दै आउनुभएका उहाँले आफ्नो पसलमा करिब ३० लिटर दुध खपत हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय