LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि रुपन्देहीको सैनामैना नगरपालिका ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा शनिवार उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।
जस अनुसार नेबिसंघबाट अध्यक्षमा मौसम थापा मगरले उमेदवारी दर्ता गरेका छन भने पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलबाट अध्यक्षमा विज्ञान पाण्डेले उमेदवारी मनोनयन गरेका छन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (यूनियन) अखिल छैंठौं र बैद्य निकट अनेरास्ववियु क्रान्तिकारीले अध्यक्षसहित पदाधिकारी पदमा गठबन्धन गरेका हुन ।

यसैगरी स्वतन्त्रबाट अध्यक्षमा विशाल पौडेलले समेत उमेदवारी दर्ता गरेका छन ।
त्यसैगरी सात सदस्यीय समान्ुपातिक पदका लागि नेबिसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले आ– आफ्नो छुट्टाछुट्टै उमेदवारी दर्ता गरेका छन ।

त्रिविको स्ववियू निर्वाचन कार्य तालिका अनुसार शनिवार उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।
उता क्याम्पसमा शनिवार अपरान्ह अपरान्ह तालाबन्दी भएको छ । अखिल समाजबादीका अध्यक्ष पवन सि र अखिल क्रान्तिकारीका अध्यक्ष टिकाराम आचार्यले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासन र निर्वाचन समितिले विद्यार्थी भर्ना लगायतका विषयमा लापरवाही गरेकोले तत्काल निर्वाचन प्रकृया रोकेर समस्याको समाधान गर्न माग गर्दै तालाबन्दी गरेका छन ।

प्रेस विज्ञप्तीमा सहमति बेगर क्याम्पस प्रशासनले निर्वाचन प्रकृया अघि बढाएमा थप संघर्षका कार्यक्रम गर्ने तथा क्षतिको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने चेतावनी दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय