चलचित्र ‘कर्मा’ को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले काठमाडौंमा एक कार्यक्रमका बिच चलचित्रको टिजर सार्वजनिक गरेको हो ।
‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ भन्ने स्लोगन र विपिनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् ।



टिजरमा विपिन कार्कीको भरपुर एक्सन देखाइएको छ । टिजरमा विपिनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देख्न सकिनेछ ।
सार्वजनिक टिजरमा विपिनसंगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो ।
चलचित्रमा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको कलाकारको पनि अभिनय रहेको छ । चलचित्रलाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् ।
नयाँ वर्ष २०८२ को छेको पारेर ‘कर्मा’ आगामी चैत २९ गतेबाट रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।




