LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना, ३ चैत ।

रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा शनिवार गरिएको तालाबन्दी आईतबार तोडिएको छ ।

अखिल समाजबादीका अध्यक्ष पवन सि र अखिल क्रान्तिकारीका अध्यक्ष टिकाराम आचार्यले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासन र निर्वाचन समितिले विद्यार्थी भर्ना लगायतका विषयमा लापरवाही गरेकोले तत्काल निर्वाचन प्रकृया रोकेर समस्याको समाधान गर्न माग गर्दै तालाबन्दी गरेका थिए ।

यता शनिवार गरिएको तालाबन्दी आईतबार नेपाल विद्यार्थी संघले तोडेको हो । नेविसंघले विद्यार्थीको अधिकारमाथि हस्तक्षेप गरि तालाबन्दी गरेको भन्दै क्याम्पसमा गरिएको तालाबन्दी तोडिएको जनाएको छ ।

यसअघि शनिबार अखिल समाजबादी र अखिल क्रान्तिकारीले सहमति बेगर क्याम्पस प्रशासनले निर्वाचन प्रकृया अघि बढाएमा थप संघर्षका कार्यक्रम गर्ने तथा क्षतिको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने चेतावनी दिएको थियो । यसअघि शनिवार क्याम्पसमा उम्मेदवारहरुको मनोनयन दर्ता भैसकेको छ ।

जस अनुसार नेबिसंघबाट अध्यक्षमा मौसम थापा मगरले उमेदवारी दर्ता गरेका छन भने पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलबाट अध्यक्षमा विज्ञान पाण्डेले उमेदवारी मनोनयन गरेका छन । यसैगरी स्वतन्त्रबाट अध्यक्षमा विशाल पौडेलले समेत उमेदवारी दर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय