LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हे¥यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । सोमबार बिहान ‘विश्वका १०० म्युजिक भिडियो’ को सूचीमा यो नेपाली गीत ७७ औं स्थानमा पर्न सफल भएको हो ।

युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने यो चौंथो नेपाली गीत हो । यसअघि कश्मिरे पछ्यौरी, सारंगी र रुकुम मैकोट परिसकेका छन् । यसअघि दुर्गेशको उक्त गीत युट्युब म्युजिकको चार्टको ग्लोबल ट्रेन्डिङमा परिसकेको छ ।

यो गीतलाई अहिलेसम्म ३ करोड ९६ लाख पटक हेरिएको छ । यो एउटै गीतले दुर्गेशलाई युट्युबको ग्लोबल प्लाटफर्ममा उभ्याइदिएको छ ।

यति मात्र होइन, यो गीत केही समयदेखि लगातार धेरै हेरिने चार्टको सूचीमा छ ।
युट्युबको ग्लोबल ट्रेन्डिङको शीर्षस्थानमा ४ महिनादेखि लगातार के–पप ब्याण्ड ब्ल्याकपिंककी रोजी र ब्रुनो मार्सको गीत ‘एपिटी’ छ, जुन आफैमा कीर्तिमान हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय