५ चैत्र, कञ्चन
हरैया बहुमुखी क्याम्पस कञ्चन-३ रुपन्देहीमा स्वबियु निर्वाचनका लागि ७:२० को समयमा भएकोछ। ५०४ जना मतदाता संख्या रहेको सो क्याम्पसमा नेकपा अनेरास्वबियु र नेबिसंघको छुट्टा छुट्टै संयुक्त प्यानल निर्वाचनमा होमिएका छन।
राजेश यादबको नेतृत्वमा अनेरस्वबियु र जनमत विद्यार्थी संघको संयुक्त प्यानल निर्वाचनमा उत्रेको छ भने जीवन कुमार धवलको नेतृत्वमा नेबिसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल निर्वाचनमा होमिएको छ।
स्वबियु निर्वाचन हरैया बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत रामजी आचार्यका अनुसार निर्धारित समयमै मतदान शुरु भएको र दिगस १ बजेसम्म।मतदान हुनेछ। हरैयामा शित्रा र ब्यबसथापन शास्त्र संकायमागरी ५०४ जना विद्यार्थीहरु अध्यनरत छन।
यसभन्दा अघि अनेरास्वबियुले जितेको थियो। हालसम्म भएको ३ स्वबियु निर्वाचनमा २ पटक अनेरास्वबियु र १ पटक नेबिसंघले स्वबियु निर्वाचन जितेको छ।




