LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

मंगलवार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीमा नेबिसंघले बिजयी सुरुवात गरेको छ ।
लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्वाचित भएको छ ।

नेविसंघबाट उमेदवारी दिएका आशिष जयसवालको नेतृत्वले प्यानल नै जित निकालेको क्याम्पसले जनाएको छ ।
उता रुपन्देहीको कञ्चनमा रहेको हरैया बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलले जीत निकाल्दै खाता खोलेको छ ।
निर्वाचन अधिकृत रामजी आचार्यका अनुसार नेबिसंघ तथा अखिल क्रान्तिकारीको संयुक्त प्यानलका तर्फबाट नेविसंघका अध्यक्षका उमेदवार जीवन कुमार धबलले २८५ मत प्राप्त गर्दा अनेरास्वबियु तथा जनमत विद्यार्थी संघको संयुक्त प्यानलका अध्यक्ष पदका उमेद्वार राजेश यादबले १३५ मत प्राप्त गरेका छन ।
५०३ मतदाता रहेको क्याम्पसमा आज ४२४ मत खसेको थियो

त्यसैगरी सचिवमा मनोज थापा निर्वाचित भएका छन । उनले २७२ मत प्रात गरे भने कोषाध्यक्षमा अमृता ज्ञवालीले २७० मत प्राप्त गरि बिजयी भईन ।
सदस्यहरुमा अशोक थापा, सुमित बि. क, परमशिला यादव, गुड्डु लोनिया, आश्मी थापा निर्वाचित भएका छन ।

उता रुपन्देहीको सैनामैना नगरपालिका ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा ८७२ मतदाता रहेकोमा ६९६ मत खसेको छ ।
उक्त क्याम्पसमा पाँच विद्यार्थी संगठनको अखिल संयुक्त प्यानल, नेबिसंघ र एक जना स्वतन्त्र उम्मेदवार निर्वाचनमा होमिएका थिए ।

विज्ञान पाण्डेको नेतृत्वमा अखिल संयुक्त प्यानल, मौषम थापा मगरको नेबिसंघको प्यानल र विशाल पौडेल स्वतन्त्र तर्फवाट सभापतिमा प्रतिष्पर्धा गरेका हुन ।
स्ववियु निर्वाचन सहिद नारायण पोखरेल रामापुर क्याम्पसका निर्वाचन अधिकृत दिनेश पन्थीका अनुसार निर्धारित समयमै सौहार्दता रुपमा मतदान सम्पन्न भएको छ ।
रामापुर क्याम्पसमा शिक्षा र ब्यबस्थापन शास्त्र संकायमा गरी ८७२ विद्यार्थीहरु अध्यनरत छन । यसभन्दा अघि सो क्याम्पसमा नेबिसंघले स्ववियू जितेको थियो । मंगलबार साँझबाट मतगणना शुरु गरिने निर्वाचिन अधिकृत दिनेश पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय