LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेकपा माओवादी केन्द्रले जागरण अभियान पुनः सुरु गर्दैछ । अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु बुधबार बारा पुगेका छन् ।
अपराह्न चार बजे अभियान टोलीलाई स्थानीयले स्वागत गर्नेछन् । त्यसपछि बुधबारबाटै कार्यक्रमहरु सुरु हुनेछन् । विहीबार दिनभर बाराका कार्यक्रममा सहभागी भएर शुक्रबार पर्सा पुग्ने कार्यक्रम छ ।

यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान २४ फागुनमा एक्कासी स्थगित गरिएको थियो । एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान आजबाट पुनः सुरु गर्न लागिएको हो ।

७ र ८ गते बारा र पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली ९ गते चितवन आउने छ ।
पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गमा केन्द्रित माओवादी केन्द्रको जागरण अभियान बीचबीचमा विश्राम गर्दै अघि बढ्ने छ र सुदूरपश्चिमको कञ्चनपुर पुगेर सम्पन्न हुनेछ ।
यसअघि माओवादी केन्द्रले अभियानका लागि तयार पारेको तालिका अनुसारको कार्यक्रम भने प्रभावित भएको छ । माओवादी केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय