LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेकपा माओवादी केन्द्रले जागरण अभियान पुनः सुरु गर्दैछ । अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु बुधबार बारा पुगेका छन् ।
अपराह्न चार बजे अभियान टोलीलाई स्थानीयले स्वागत गर्नेछन् । त्यसपछि बुधबारबाटै कार्यक्रमहरु सुरु हुनेछन् । विहीबार दिनभर बाराका कार्यक्रममा सहभागी भएर शुक्रबार पर्सा पुग्ने कार्यक्रम छ ।

यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान २४ फागुनमा एक्कासी स्थगित गरिएको थियो । एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान आजबाट पुनः सुरु गर्न लागिएको हो ।

७ र ८ गते बारा र पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली ९ गते चितवन आउने छ ।
पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गमा केन्द्रित माओवादी केन्द्रको जागरण अभियान बीचबीचमा विश्राम गर्दै अघि बढ्ने छ र सुदूरपश्चिमको कञ्चनपुर पुगेर सम्पन्न हुनेछ ।
यसअघि माओवादी केन्द्रले अभियानका लागि तयार पारेको तालिका अनुसारको कार्यक्रम भने प्रभावित भएको छ । माओवादी केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय