LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौं जीत हासिल गरेको छ ।
रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको ९४ रनको लक्ष्य पुलिसले २ सय ४ बलअघि नै ३ विकेट गुमाएर भेटायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाए । गण्डकीका विपिन खत्री र सुवास भण्डारीले १÷१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी २३ ओभर २ बलमा ९२ रनमा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ४८ रन बनाए । पुलिसका ललित राजवंशीले ५ र गुल्सन झाले ४ विकेट लिए । पुलिसले ६ खेलमा १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गण्डकी ६ खेलमा २ अङ्कसहित पुछारमा छ ।
यस्तै रुपन्देहीकै एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको छ । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले १ सय १३ बलअघि नै भेटायो । सुदूरपश्चिमका किरण ठगुन्नाले नटआउट ४३ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर १ बलमा १ सय १६ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका कप्तान देव खनालले सबैभन्दा धेरै ४१ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए । प्रतियोगितामा सुदूरपश्चिमको यो ६ खेलमा दोस्रो जीत हो भने लुम्बिनीको ६ खेलमा दोस्रो हार हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय