LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज विहिवारदेखि शुरू भएको छ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ एसईईमा सामेल हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । भिडियो सन्देशमार्फत उहाँले एसईईमा सहभागी हुने विद्यार्थीलाई धैर्यका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको हो ।
यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी भएका छन ।

यसैगरी रुपन्देही जिल्लाको नयाँगाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नयाँगाउँ माध्यमिक विद्यालय केन्द्रका केन्द्राध्यक्ष पुरुषोत्तम भट्टराईले नयाँगाउँ माध्यमिक विद्यालयको केन्द्रबाट उत्तरी बेल्टका प्राविधिक धारतर्फका १५ वटा विद्यालयको एसईई परिक्षा भएको र पहिलो दिनको परिक्षा अत्यन्त मर्यादित र अनुशासित ढंगबाट भएको बताउनुभयो । उहाँले पहिलो दिनको परिक्षामा सवै विद्यार्थीको उपस्थिति रहेको र यो परिक्षालाई शैक्षिक गुणस्तर कायम गर्नेगरी अत्यन्तै मर्यादित, अनुशासित ढंगबाट विगतदेखि नै संचालन गर्दै आएको र आगामी दिनमा पनि सोही अनुसार हुने प्रतिवद्धता जनाउनु भयो ।

नयाँगाउँ माध्यमिक विद्यालय यसैगरी सैनामैनाका परिक्षार्थीहरुले सैनामैना नगरपालिकाका विभिन्न पाँचवटा विद्यालयको केन्द्रबाट यो बर्षको पहिलो दिनको एसईई परिक्षा दिएका छन । सैनामैनामा सालझण्डी मावि सालझण्डी, रामापुर मावि रामापुर, पर्रोहा मावि मुर्गिया, प्रभात इङलिस बोर्डिङ स्कुल मुर्गिया र सुनगाभा पब्लिक स्कुल मुर्गिया केन्द्रबाट एसईई दिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय