सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावबाट निर्वाचित नयाँ नेतृत्वलाई शुक्रबार सपथसंगै प्रमाणपत्र वितरण गरिएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अनेरास्ववियु तथा अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको थियो ।



स्ववियूमा निर्वाचित नयाँ नेतृत्वलाई शुक्रबार क्याम्पस परिसरमा आयोजित एक कार्यक्रमबीच सपथसंगै प्रमाणपत्र वितरण गरिएको हो ।
प्रमाणपत्र वितरण गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले लोकतन्त्र भनेको अद्यावधिक निर्वाचन हो भन्दै हरेक निर्वाचन समयमै हुनुपर्दछ भन्ने मान्यता सवैले राख्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुले विद्यार्थीहरुकै हकहितका लागि संगठन निर्माण गर्दै आएको उल्लेख गर्दै नयाँ नेतृत्वले आगामी दिनमा विद्यार्थीकै हकहितका लागि रचनात्मक कृयाकलाप गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
सोही अवसरमा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसका नवनिर्वाचित अध्यक्ष विज्ञान पाण्डेले प्रत्यक्ष अपत्यक्ष रुपमा निर्वाचनमा सघाउ पु¥याएर आफ्नो प्यानललाई निर्वाचित गराउन सहयोग गर्नेहरुप्रति धन्यबाद दिदै अवको दिनमा सवै विद्यार्थीहरुको हकहितका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले स्वतन्त्र विद्यार्थी युनियनले सवै विद्यार्थीहरुको प्रतिनिधित्व गर्ने भएकोले आफूले अनेरास्ववियूबाट राजीनामा दिएको उल्लेख गर्दै अवको कार्यकाल विद्यार्थीको हितमा लगाउने प्रतिबद्धता जनाउनुभयो ।
निर्वाचन समितिका संयोजक दिनेश पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यदुलाल पन्त लगायतले बोल्दै नयाँ स्ववियू नेतृत्वलाई विद्यार्थीको हकहितमा काम गर्न शुभकामना दिनुभएको थियो ।
स्ववियू निर्वाचन समितिले आयोजना गरेको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रमको स्वागत निर्वाचन समितिका सदस्य गणेश पोखरेलले गर्नुभएको थियो भने सहप्राध्यापक ओमप्रकाश पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।




