LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवलमा शुक्रबारदेखि दोश्रो लुम्बिनी मिडिया सम्मेलन २०८१ सुरु भएको छ ।
मिडिया सम्मेलनमा सञ्चार माध्यमहरुका समस्या र चुनौती पहिल्याउँदै अवसर र सम्भावनाको खोजी गर्ने लक्ष्य राखिएको छ ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले आयोजना गरेको दुई दिने मिडिया सम्मेलनमा पछिल्लोसमय मिडियाहरु समस्यामा परिरहेको बेला समस्याको पहिचान गरि समाधानको प्रयास गर्ने लक्ष्य राखिएको छ ।

मिडिया सम्मेलनको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चार ग्राम बनाउने आफ्नो धेरै पहिलेदेखिको चाहना रहेको बताउँदै आफ्नै कार्यकालमा सञ्चार ग्रामले पूर्णता पाउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले बुटवललाई शिक्षा र स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास गर्ने प्रशस्त संभावना रहेको उल्लेख गर्दै मिडिया सम्मेलनले बुटवलको संभावना पहिचान गर्दै विकासमा सहयोग गर्ने अपेक्षा गर्नुभयो ।
उहाँले बुटवल धार्मिक, ऐतिहासिक तथा प्राचीन सभ्यताको सहर रहेको चर्चा गर्दैै बुटवलकै बाटो भएर लुम्बिनीदेखि मुक्तिनाथसम्म जान सकिने भएकोले यसलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

कार्यक्रमको बन्द सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माले मिडियाको विश्वसनियतामाथि पछिल्लो समय प्रश्न उठिरहेकोले मिडियाहरु जनताप्रति जवाफदेही बन्दै सही र तथ्यपरक सूचना प्रवाहलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
सोही अवसरमा बोल्दै महासंघका पूर्व अध्यक्ष विपुल पोखरेलले मिडियामा शुद्धिकरण आवश्यक रहेको भन्दै आफ्नो कार्यकालबाटै अभियान सुरु गरेको बताउँदै आगामी दिनमा मिडियालाई जवाफदेही र जिम्मेवार बनाउनुपर्ने खाँचो औंल्याउनु भयो ।

सम्मेलन आयोजक प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले पछिल्लोसमय धेरै मिडिया बन्द हुने र पत्रकारहरु विस्थापित हुने अवस्था आएको भन्दै मिडिया क्षेत्रका समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
दुई दिने मिडिया सम्मेलनमा छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा छलफल हुने छ भने के अनलाइन पत्रकारिता सधैका लागि हो ? भन्ने विषयमा छलफल गरिने छ । त्यसैगरी किन फस्टाउन सकेन विज्ञापन बजार ? भन्ने विषयमा छलफल हुने छ ।

सम्मेलनमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राख्ने कार्यक्रम रहेको संघका अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय