LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना, ९ चैत ।

रुपन्देहीको सैनामैनामा एकदिने युवा लक्षित कानुनी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका वडा नं ५ को आयोजना र निर्वाण कानुनी समाजको समन्वयमा नेपालको कानुन र हक अधिकारका विषयमा जानकारी गराउने उद्देश्यले सैनामैनामा आयोजना गरिएको कार्यक्रममा वडा नं ५ भित्रका युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले युवाहरुले आफ्नो हक अधिकार प्राप्तिको दौरानमा कानुनी ज्ञान आवश्यक पर्ने भन्दै यस किसिमको कार्यक्रम फलदायी हुने बताउनुभयो । उहाँले कानुनीरुपमा साक्षर भएमात्र युवाहरुले सही गलत छुट्याउन सक्ने भएकोले कानुनी सचेतनाका कार्यक्रमहरु हरेक समाजको लागि आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख विना रानाले कानुनी सचेतना कार्यक्रमले युवाहरुमा फैलिएको विकृति कम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अधिवक्ताहरु लालबहादुर बस्नेत, मेघनाथ खनालले प्रशिक्षकको भूमिका निभाउनुभएको थियो भने निर्वाण कानुनी समाजका सदस्यहरुले सह–प्रशिक्षकको भूमिका निभाउनुभएको थियो ।


कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलले युवा लक्षित कानूनी सचेतना कार्यक्रमले युवाहरुलाई थोरै भए पनि कानुनी रुपमा सचेत हुन मद्दत मिलेको बताउँदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं ५ का वडा सदस्यहरुको आतिथ्यता रहेको थियो भने करिव ८० जना युवाहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सैनामैना नगरपालिका वडा नं ५ का सचिवले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय