LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना, ९ चैत ।

रुपन्देहीको सैनामैनामा एकदिने युवा लक्षित कानुनी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका वडा नं ५ को आयोजना र निर्वाण कानुनी समाजको समन्वयमा नेपालको कानुन र हक अधिकारका विषयमा जानकारी गराउने उद्देश्यले सैनामैनामा आयोजना गरिएको कार्यक्रममा वडा नं ५ भित्रका युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले युवाहरुले आफ्नो हक अधिकार प्राप्तिको दौरानमा कानुनी ज्ञान आवश्यक पर्ने भन्दै यस किसिमको कार्यक्रम फलदायी हुने बताउनुभयो । उहाँले कानुनीरुपमा साक्षर भएमात्र युवाहरुले सही गलत छुट्याउन सक्ने भएकोले कानुनी सचेतनाका कार्यक्रमहरु हरेक समाजको लागि आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख विना रानाले कानुनी सचेतना कार्यक्रमले युवाहरुमा फैलिएको विकृति कम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अधिवक्ताहरु लालबहादुर बस्नेत, मेघनाथ खनालले प्रशिक्षकको भूमिका निभाउनुभएको थियो भने निर्वाण कानुनी समाजका सदस्यहरुले सह–प्रशिक्षकको भूमिका निभाउनुभएको थियो ।


कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलले युवा लक्षित कानूनी सचेतना कार्यक्रमले युवाहरुलाई थोरै भए पनि कानुनी रुपमा सचेत हुन मद्दत मिलेको बताउँदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं ५ का वडा सदस्यहरुको आतिथ्यता रहेको थियो भने करिव ८० जना युवाहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सैनामैना नगरपालिका वडा नं ५ का सचिवले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय