LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाली कांग्रेस गैडहवा अन्तरगत वडा नंं ६, ७, ८ र ९ को संयुक्त वडा सम्मेलन शनिवार सम्पन्न भएको छ ।
सम्मेलनमा प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले धारणा राख्दै रुपन्देही क्षेत्र नं. ५ मा एकपटक स्वतन्त्र र दुई पटक एमालेका उमेदवारले बिजय हासिल गरेपनि उनीहरुले केही काम गर्न नसकेको जनताले महसुस गरेको बताउनु भयो ।

उहाँले रुपन्देही क्षेत्र नं. ५ मा भएको विकास नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्पन्न भएको बताउँदै जनताले कांग्रेसबाट मात्रै विकास हुनेकुरा महसुस गरेको उल्लेख गर्नुभयो ।

त्यसैगरी लुम्बिनी प्रदेशसभाका पूर्व सभासद तथा नेपाली कांग्रेसका नेता फकरुद्दीन खानले यसअघि जितेका उमेदवारहरु बाहिर पाहुनाको रुपमा आएर मायाजाल बिछाएर जितेर गएपछि यस क्षेत्रको विकासका लागि केही गर्न नसकेको बताउनुभयो । उहाँले जितेर गएको तीन बर्षमा तीनवटा बजेट सार्वजनिक भएपनि यस क्षेत्रमा ठूला आयोजना र विकासका परियोजना कुनैपनि आउन नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सभामा जितेर गएका प्रदेश सभासदले यस क्षेत्रका जनताको लागि केही पनि काम गर्न नसकेको बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा, नेपाली कांग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर सभापति राधेश्याम गुप्ता, नेपाली कांग्रेस सैनामैनाका नगर सभापति रणबहादुर खनाल तथा रुपन्देही क्षेत्र नं. ५ का सभापति वसिउल्लाह मुसलमान लगायत वडा सभापतिहरुले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय