LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

बसिर अहमदको अर्धशतक मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आइतबार भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनको फराकिलो अन्तरले हराउँदै उपाधितर्फ अग्रसर देखिएको हो ।
जारी प्रतियोगितामा आर्मीको यो सातौं जित हो । जितका लागि आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा अलआउट हुँदै ११२ रनमा समेटियो । लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए । मनीष थापा र बिप्रसन केसीले समान १३÷१३ रन बनाएर आउट भए ।
यस्तै, नर सार्कीले १२, निर्मल गुरुङले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न आर्मीका शाहब आलमले सर्वाधिक चार विकेट लिए । आलमले ९.१ ओभर बलिङ गर्दै २ मेडन राखेर २५ रन खर्चिए । नरेन साउदले २ विकेट हात पार्दा सोमपाल कार्मी, आकाश चन्द, बसिर अहमदको नाममा एक÷एक विकेट रह्यो ।
यो नतिजासँगै उपाधि दाबेदार आर्मी १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । समान १४ अंकका साथ अर्को विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ । नेट रनरेटका आधारमा आर्मी दोस्रोमा रहृयो । पराजित लुम्बिनी प्रदेश भने ८ अंकका साथ तालिकाको पाँचौँ स्थानमा यथावत रहेको छ । लुम्बिनीले खेलेका ८ मध्ये चारमा जित र चारमा हार व्यहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय