LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

वल्र्ड लिंकले नेपालभरी १० लाख ग्राहक पुगेको खुसीको अवसरमा नेपालभरीका आफ्ना शाखाहरुमा सोमबार केक काटेर खुसीयाली मनाएको छ ।
कम्पनीले यो उपलब्धिलाई ग्राहकहरुको विश्वास र साथको परिणाम हो भन्दै सवैप्रति धन्यबाद व्यक्त गरेको छ ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकमध्ये एक वल्र्डलिंकले ग्राहक संख्या बढाउँदै जाँदा सेवा विस्तार र गुणस्तर सुधारमा समेत ध्यान दिने प्रतिवद्धता जनाएको छ ।

यसैबीच वल्र्डलिंकको मुर्गिया शाखामा समेत सोमबार एक कार्यक्रमको आयोजना गरि केक काटेर खुसीयाली मनाइएको छ । त्यस अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी साझा टेलिभिजन एचडीका प्रवन्ध निर्र्देशक भुवन जिसीले वल्र्डलिंकले १० लाख ग्राहकको घरमा सेवा पु¥याउन सक्नु वल्र्डलिंकको ठूलो उपलब्धि रहेको चर्चा गर्दै वल्र्डलिंकको सिंगो परिवारलाई बधाई दिनुभयो । उहाँले जनतालाई छिटो सूचना पु¥याउने काममा वल्र्डलिंक परिवारले रातदिन नभनी काममा देखाएको समर्पण र लगावले वल्र्डलिंकको विश्वसनीयता आगामी दिनमा अझै बृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो ।

त्यसैगरी वल्र्डलिंकका मुर्गिया शाखाका प्रमुख बिजनेश अपरेशन म्यानेजर खुमानन्द कँडेलले वल्र्डलिंकले १० लाख ग्राहक पुगेको अवसरमा खुसीयाली साटासाट गरेको बताउँदै आफूहरुको एकमात्र ध्यान ग्राहकको सेवा रहेको बताउनुभयो । उहाँले वल्र्डलिंक परिवार रातदिन ग्राहककै सेवामा तत्पर रहने प्रतिवद्धता जनाउनु भयो ।

वल्र्डलिंकले सैनामैनाको ११ वटै वडामा सेवा पु¥याएको छ । कञ्चन गाउँपालिकाको वडा नं. १ र २ मा समेत सेवा पु¥याएको वल्र्डलिंकले कञ्चन १ हात्तीबजारमा काउण्टर स्थापना गरि विधिवत सेवा प्रदान गर्दै आएको छ । वल्र्डलिंक मुर्गिया शाखाका अनुसार सैनामैना कञ्चनमा गरि वल्र्डलिंकको ६ हजार ५ सय ग्राहक रहेका छन ।
वल्र्डलिंक अन्तरगत चार बर्षअघि आठसय ग्राहकमात्रै रहेकोमा मुर्गिया शाखाको बिजनेश म्यानेजरको रुपमा खुमानन्द कँडेल आएपछि ग्राहकसंख्या आठसयबाट बढेर ६ हजार ५ सय पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय