बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि चैतमा परिषद सभा गर्ने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको विधान अनुसार यहि चैतको २५ गते परिषद सभा गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैंठकले परिषद सभामा कार्यसमितिको तर्फबाट महासचिवले प्रस्तुत गर्ने प्रतिवेदन तयारी तथा परिषद सभाका सदस्यहरुलाई पत्राचार लगायतका जिम्मेवारी पदाधिकारीलाई सुम्पिएको छ ।
त्यसैगरी बैठकले यहि चैत २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभामा संघबाट सहभागि हुने प्रतिनीधि समेत चयन गरेको छ । महासंघको साधारण सभामा सहभागि हुनको लागि संघबाट मुख्य प्रतिनीधिमा अध्यक्ष हरिप्रसाद अर्याल तथा प्रतिनीधिहरुमा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई चयन गरिएको हो । उक्त परिषद सभामा संघले प्रकाशन गरेको २०८२ को क्यालेण्डर समेत विमोचन गरिने छ ।
यसैगरी बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा पुनः ‘विजनेश इन्कुवेशन सेन्टर’ स्थापना हुने भएको छ । संघले उद्यमशिलता विकासका लागि २०७६ देखि विजनेश इन्कुवेशन सेन्टर सञ्चालन गर्दै आएको थियो ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको







