LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागीका कारण करोडौं बराबरको क्षति भएको छ । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो सोमबार साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने काम भएको हो ।

प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो निभाउन ढिलाइ भएको प्रजिअ दामोदर लम्सालको भनाइ छ ।
आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रजिअ लम्सालले बताउनुभयो । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आइपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय