LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार आठ जीतसहित एक खेलअघि नै फाइनलमा पुगेको छ ।
दाङको देउखुरी रंगशालामा भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले हरायो । पुलिसले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा अलआउट भयो । कर्णालीका रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पुलिसका ललित राजवंशीले ६ विकेट लिए ।

योसँगै ललित प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट लिने पहिलो बलर बनेका छन् । ललितले ४२ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । प्रधानमन्त्री कप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका शाहब आलम छन् । शाहबले ४८ खेलमा ९९ विकेट लिएका छन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका अर्जुन साउदले ३६, दिलिप नाथले ३४ रन बनाए । कर्णालीका अनुज चनाराले ४ विकेट लिए । यो जीतसँगै पुलिस ८ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कर्णाली ९ खेलमा ८ अङ्कसहित पाँचौं स्थानमा छ ।

यस्तै रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पनि मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ । मधेशले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो । सुदूरपश्चिमका हेमन्त धामीले सबैभन्दा धेरै १९ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मधेशका विशाल पटेलले ६ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय